समता स्कुल अत्तरियाले मनायो नवौँ वार्षिकोत्सव तथा अभिभावक दिबस

अत्तरिया : कैलालीको अत्तरियामा रहेको समता स्कुलको नवौँ बार्षिकोत्स्ब तथा अभिभावक दिबस बिबिध कार्यक्रम गरि मनाएको छ । मंगलबार गोदावरी नगरपालिका-२ तेघरीमा एक कार्यक्रमका बिच स्कुलको नवौँ वार्षिकोत्सव मनाईएको हो ।

स्कुलकी प्रमुख रितु पाण्डे शाहुको सभापतित्वमा आयोजित कार्यक्रमका प्रमुख अतिथि गोदावरी नगरपालिकाका प्रवत्ता एवम् वडा नं. १ का वडाध्यक्ष गोपाल दत्त भट्ट रहेका थिए भने विशिष्ठ अतिथिमा समता एजुकेसन ट्रस्टका केन्द्रिय निर्देशक दीपक सन्जेल रहेका थिए ।

कार्यक्रममा समता एजुकेसन ट्रष्टका प्रमुख दिपक सन्जेल, चर्चित संचारकर्मी चन्द्रमणी गौतम, कार्यपालिका सदस्य उदय सार्की, कांग्रेस नेता ललित रोकाया, प्याब्सनका केन्द्रिय सदस्य यज्ञ हमाल, होटेल ब्यबसायी संघका केन्द्रिय उपाध्यक्ष धना चोखाल, महिला तथा बालबालिका सेभ हाउसकि प्रमुख जानकी मलासी, ग्वासी बिधालयका अध्यक्ष रमेश ताम्राकार लगाएत विभिन्न बिधालयका प्रमुख एबम प्रतिनिधि र अन्य संस्थाका प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।

कार्यक्रममा स्कुलले आयोजना गरेका विविध कार्यक्रमका विजेता तथा उत्कृष्ट रहेका विद्यार्थीहरूलाई पुरस्कृत गरिएको थियो । कार्यक्रममा विद्यार्थीहरुले आफ्ना प्रतिभाहरु पनि प्रस्तुत गरेका थिए ।

स्कुलले कार्यक्रम आयोजना गरेको स्थानमा नयाँ भवन को शिलान्यास गर्ने सेड्युल पनि तयार गरिएको थियो । तर भवनको शिलान्यासको कार्यक्रम विविध कारणले स्थगित गरिएको स्कुलकी प्रमुख रितु पाण्डे शाहुले बताईन ।

Loading...