त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलाको फाइनलमा नेपालले यूएईसँग खेल्दै

काठमाण्डौ : त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको फाइनलमा आज शुक्रवार नेपालले यूएईसँग खेल्दैछ ।

खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहान ११ बजे शुरु हुने छ ।नेपालले हङकङ र यूएईलाई समान २र२ खेलमा हराएको थियो ।

नेपालले पहिलो खेलमा यूएईलाई ७ विकेट, दोस्रो खेलमा हङकङलाई ६ विकेट, तेस्रो खेलमा हङकङलाई ७९ रन र समूह चरणको पाँचौँ खेलमा यूएईलाई ५ विकेटले हराएको थियो ।

यस्तै यूएईले हङकङलाई १ खेलमा हराउँदै फाइनलमा पुगेको हो । यूएई र हङकङको समान २ अङ्क भए पनि यूएई नेट रनरेटका आधारमा फाइनल खेल्न लागेको हो ।

आईसीसी टी–२० विश्वकप छनोटको तयारी स्वरूप नेपाल क्रिकेट सङ्घ ९क्यान० ले त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलाको आयोजना गरेको हो ।

नेपाल र यूएईबीच टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा अहिलेसम्म ७ खेल हुँदा नेपाल ४ र यूएई ३ खेलमा विजयी भएको छ ।

Loading...