दार्चुलामा करिब ४५ वर्षीय पुरुषको शव फेला

अत्तरिया : दार्चुलामा एक जना मृत अवस्थामा फेला परेका छन्।

महाकाली नगरपालिका–४ खलंगा स्थित शिबनगर फिल्ड नजिक महाकाली नदी किनारमा पुरुष मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

महाकाली नदीको किनारमा करिब ४५ वर्षीय पुरुषको शव फेला परेको प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक गोविन्द भण्डारीले बताए।

जिल्लाको दुहुँ गाउँपालिका–२ हिकिलाका जयराज टमटाको शव फेला परेको उनले बताए।

उनी महाकाली नगरपालिका–४ बंगाबगर क्षेत्रमा बसोबास गर्ने गरेको समेत खुलेको छ। घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Deep Jyoti Pustak psl
Loading...