बझाङमा प्रतिबन्धित औषधी बेच्ने मेडिकल सञ्चालक पक्राउ

अत्तरिया : बझाङमा प्रतिबन्धित औषधी बेच्ने हेयर कटिङ र मेडिकल सञ्चालक पक्राउ परेका छन्।

आइतबार दिउँसो सुजन हेयर कटिङ पसलबाट लागुऔषधसँगै हेयर कटिङ सञ्चालक पक्राउ परेका हुन्। सुजन हेयर कटिङ सेन्टरका सञ्चालक सुर्जन धामीले प्रहरीसँग दिएकोे बयानका क्रममा सदरमुकाम चैनपुरमा रहेको न्यू चैन मेडिकलले ट्रामाडोल लगायतका लागुऔषध बिक्री वितरण गरिरहेको खुलेको प्रहरीले जनाएको छ।

प्रहरीले उक्त बयानका आधारमा मेडिकलका सञ्चालक प्रविन मण्डललाई पनि पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।

उनीहरुमाथि अनुसन्धान गर्न जिल्ला अदालतबाट १० दिनको म्याद थप गरेर हिरासतमा राखेको प्रहरीले जनाएको छ।

Deep Jyoti Pustak psl
Loading...