अत्तरिया : कैलालीको गोदावरी नगरपालिका वडा नम्बर १२ मा रहेको दुर्गा माध्यमिक विद्यालयको ३ कोठे पक्कि भवन र २ कोठे पक्कि शौचालयको शिलान्यास गरिएको छ ।
बिल्ड अन नेपाल र गोदावरी नगरपालिकाको संयुक्त साझेदारीमा निर्माण हुन लागेको उक्त भवनको सोमबार एक कार्यक्रमका विच गोदावरी नगरपालिकाका नगरप्रमुख बिरेन्द्र भट्टले शिलान्यास गरेका छन् ।
२९ लाख ९१ हजार ९९० रुपैया बिल्ड अन नेपालको, १२ लाख रुपैया नगरपालिकाको लागत र १ लाख ५९ हजार ३९५ रुपैया बराबरको स्थानीयहरुले जनश्रमदान गर्ने भएका छन् ।
उक्त विद्यालय भवन र शौचालय ४३ लाख ५१ हजार ३८५ रुपैयामा निर्माण भैरहेको हो । शिलान्यास कार्यक्रममा बोल्दै नगरप्रमुख भट्टले विद्यालयको पक्कि भवनले बिद्यार्थीहरुलाई अध्यापनमा सहजता हुने बताएका छन् ।
उनले स्थानीयस्तरबाट श्रमदान संगै विद्यालय भवनको काम छिटो हुने र विद्यार्थीहरुलाई अध्यापनमा सहजता हुने बताए । कोल्मुडा बासीहरुले नै आफ्नो ठाउँको विकासका लागि अग्रसर बन्नुपर्ने नगरप्रमुख भट्टले बताएका छन् ।
यस्तै वडा नम्बर १२ का वडाध्यक्ष भीम बहादुर खड्काले विकट क्षेत्रमा रहेको एकमात्रै मावि स्तरिय विद्यालयको हक हितका लागि बिल्ड अन नेपाल र गोदावरी नगरपालिकाको संयुक्त साझेदारीमा बिद्यालयमा पक्की भवन निर्माण हुन लागेको बताए ।
उनले सबै स्थानीयहरुपनि जनश्रमदानका लागि जागरुक बनेको बताए । जनश्रमदानले सामुदायीक संरचनामा स्थानीयलाई अपनत्व महसुस गराउने उनले बताए ।