अत्तरिया : एसियाली विकास बैंकको सहयोगमा क्षेत्रीय सहरी विकास कार्यक्रम धनगढी अन्तरगत गोदावरीमा ९५ करोड लगानी गरेर काम गर्ने भएको छ । सुदूरपश्चिमका चार पालिकाभित्र दोस्रो चरणको निर्माण कार्य सुरु गर्न बुधबार टेण्डर आह्वान गरेको क्षेत्रीय सहरी विकास कार्यालयले गोदावरीमा ९५ करोडको काम गर्ने जनाएको हो ।
टेण्डर अनुसार गोदावरी नगरपालिका सँगै धनगढी उपमहानगरपालिका, भीमदत्त नगरपालिका र शुक्लाफाँटा नगरपालिकामा सहरी सडक, ढल, फुटपाथ र सडक फर्निचरका कार्य हुने छन् ।
जसअनुसार गोदावरी नगरपालिकामा ९५ करोड, शुक्लाफाँटा नगरपालिकामा ८५ करोड, धनगढी उपमहानगरपालिकामा ९६ करोड र भीमदत्त नगरपालिकामा एक अर्ब रुपैयाँभन्दा बढीको निर्माण हुने छ ।
यसअघि पहिलो चरण अन्तरगत गोदावरी नगरपालिकामा फोहरमैला व्यवस्थापन केन्द्र, गोदावरी नगरपालिकाको प्रशासनीक भवन र सडक निर्माण गरिएको थियो ।