बझाङको साइपाल गाउँपालिकाकी एक महिला घाइते

अत्तरिया : बझाङमा भिरबाट लडेर एक महिला घाइते भएकी छन्।

प्रहरीका अनुसार जिल्लाको साइपाल गाउँपालिका–३ की २६ वर्षीया रमा बोहरा घर नजिकै घाँस काट्ने क्रममा भिरबाट लडेर घाइते भएकी हुन्।

उनलाई अहिले घटनास्थलबाट उनको घर पु¥याइएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायव उपरीक्षक भरतबहादुर शाहले बताए।

घाइते रमालाई गाउँपालिकाले खर्च व्यहोर्ने गरी नेपाली सेनाको हेलिकोप्टरबाट उपचारका लागि काठमाडौँ लैजाने तयारी भइरहेको छ।

Deep Jyoti Pustak psl
Loading...