कञ्चनपुरबाट डोटीका युवक पक्राउ

कञ्चनपुर : डोटीका एक युवक खैरो हेरोइनसहित कञ्चनपुरबाट पक्राउ परेका छन्।

कञ्चनपुरको पुनर्वास नगरपालिका११ डोकेबजार चेकप्वाईन्ट स्थित भारतबाट नेपाल तर्फ आउदै गरेको डोटीको दिपायल सिलगढी नगरपालिका३ बस्ने २२ वर्षीय राजकुमार बादी खैरो हेरोइनसहित पक्राउ परेका हुन्।

बादीलाई चेकजाँच उनको साथबाट ६ ग्राम ७३० मिलिग्राम लागूऔषध खैरो हेरोइन फेला पारी उक्त पदार्थसहित उनलाई इलाका प्रहरी कार्यालय त्रिभुवनबस्ती र प्रहरी चौकी परासन, कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो।

Deep Jyoti Pustak psl
Loading...