दार्चुलामा भिरबाट लडेर २५ वर्षीया महिलाको मृत्यु

अत्तरिया : दार्चुलामा घाँस काट्ने क्रममा भिरबाट लडेर एक महिलाको मुत्यु भएको छ।

जिल्लाको नौगाड गाउँपालिका–६ थालिगडा की २५ वर्षीया हिरा धामीको आज शुक्रवार मृत्यु भएको हो।

धामी बिहीवार थालिगडाको नजिकैको रातापड भिरमा लडेकी थिइन्। उनलाई उपचारका लागि धनगढी ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

Deep Jyoti Pustak psl
Loading...