भूकम्प पीडितलाई सुदूरपश्चिम सरकारको एक करोड सहयोग

अत्तरिया : कर्णाली प्रदेशका भूकम्प पीडितलाई सुदूरपश्चिम सरकारले एक करोड आर्थिक सहयोग गरेको छ ।

शनिवार बसेको मन्त्रीपरिषद्को आकस्मिक बैठले भूकम्प पीडितका लागि कर्णाली प्रदेश सरकारलाई एक करोड आर्थिक सहयोग गर्ने निर्णय गरेको हो ।

कर्णाली प्रदेशको जाजरकोट जिल्लाको बगरकोट गाउँपालिका वडा नम्बर १ रामीडाँडा केन्द्रबिन्दु भएर शुक्रवार राति ११ः४७ मा आएको भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिम लगायत क्षेत्रमा भएको मानवीय र भौतिक क्षति प्रति सुदूरपश्चिम प्रदेश सरकारले दुःख प्रकट समेत गरेको छ ।

सुदूरपश्चिम सरकारले भूकम्प प्रभावित क्षेत्रमा तत्काल सहायता पुग्ने गरि एक करोड रुपैयाँ र स्वास्थ्य सामग्री सहित २० जना स्वास्थ्यकर्मीको टोली प्रभावित क्षेत्रमा पठाउने निर्णय भएको मुख्यमन्त्री कमलबहादुर शाहले जानकारी दिए ।

Loading...