डडेल्धुरा : चोरी मुद्दामा फरार डडेल्धुराका एक जना पक्राउ परेका छन्।
जिल्ला अदालत डडेल्धुराको फैसलाले चोरी मुद्दामा ९ दिन कैद सजाय र ७ हजार ५ सय जरिवाना तोकिएको गन्यापधुरा गाउँपपालिका–१ बस्ने २५ वर्षीय रोशन दमाइ पक्राउ परेका हुन्।
दमाईलाई जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरी टोलीले शुक्रवार उनकै घरबाट पक्राउ गरेको जनाएको छ।