निषेधाज्ञा र कर्फ्यु हटेसँगै बैतडीको जनजीवन सामान्य बन्दै

बैतडी : जेनजीको प्रदर्शनपछि बैतडीमा लागेको कर्फ्यु तथा निषेधाज्ञा हटेपछि जनजीवन सामान्य बन्दै गएको छ। प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले एक सूचना जारी गर्दै आजदेखि अर्को सूचना नभएसम्मका लागि कफ्र्यू तथा निषेधाज्ञा आदेश हटाइएकोे उल्लेख छ।

Dhangadhi_Tihar 2083

सार्वजनिक सूचनामा भनिएको छ, “यही भद्रौ २३ र २४ गते जेनजी नेतृत्वद्वारा गरिएको प्रदर्शनपछि सिर्जित अवस्थाका कारण जिल्लामा शान्ति र सुव्यवस्था कायम गरी जनजीवन सामान्य बनाउने उद्देश्यले जिल्लाभरि कफ्र्यू तथा निषेधाज्ञा जारी राखिएकामा स्थिति सामान्य हुँदै गएकाले आजदेखि अर्को सूचना नभएसम्म उक्त कफ्र्यू तथा निषेधाज्ञा हटाइएको व्यहोरा सूचित गरिन्छ।”

साथै जिल्लाभर शान्ति र सुव्यवस्था कायम गरी जनजीवनलाई सहज बनाउने कार्यमा आवश्यक सहयोगका लागि सम्बन्धित सबैमा जिल्ला सुरक्षा समितिले अनुरोधसमेत गरेको छ। यसैबीच निषेधाज्ञा र कर्फ्यु हटेसँगै यहाँको जनजीवन सामान्य बन्दै गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता एवं प्रहरी निरीक्षक बलराम पाण्डेयले बताए। सार्वजनिक यातायात सञ्चालन भएका छन् भने बजार क्षेत्रमा पनि चहलपहल बढ्न थालेको छ।

Loading...