गन्नीगाडमा एक मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माण हुने

बैतडी : बैतडीको डिलाशैनी गाउँपालिकामा गन्नीगाड साना जलविद्युत् आयोजना निर्माण हुने भएको छ।

डिलाशैनी–१ र २ मा रहेको गन्नीगाड खोलाको पानी सदुपयोग गर्ने कञ्चन ऊर्जा प्रालिले उक्त आयोजना निर्माण गर्ने भएको हो। एक मेगावाट क्षमता उक्त आयोजनाको हालै शिलान्यास गरिएको छ।

Dhangadhi_Tihar 2083

सो अवसरमा प्रवद्र्धक कम्पनी अध्यक्ष अनिश गौतम, स्थानीय जनप्रतिनिधि जनकुमार घरडी र इन्जिनियर डा कृष्णप्रसाद दुलालको उपस्थिति रहेको थियो। कञ्चन ऊर्जा प्रालि र नेपाल विद्युत् प्राधिकरणवी २०८० मंसिर १९ गते आयोजनाको विद्युत खरिदबिक्री सम्झौता भइसकेको अध्यक्ष गौतमले बताए।

उनका अनुसार अबको एक वर्ष ६ महिनापछि विद्युत् उत्पादन गरिसक्ने लक्ष्यसहित दसैँपछि आयोजना निर्माण धमाधम गरिने छ। आयोजनाले उत्पादनको गरेको विद्युत बलाँच सबस्टेसनमार्फत राष्ट्रिय प्रणालीमा जोडिने कम्पनीका प्रतिनिधि दीपेन्द्रबहादुर रानाले बताए।

आयोजनामा लगानी गर्न इच्छुक स्थानीय प्रभावित तथा जिल्लावासीका लागिसमेत लगानीको अवसर प्रदान गरिने जनाएको छ।

Loading...