बर्दगोरिया गाउँपालिकामा प्लास्टिक मालामा प्रतिबन्ध

अत्तरिया : कैलालीको बर्दगोरिया गाउँपालिकाले प्लास्टिक माला बिक्री तथा प्रयोगमा प्रतिबन्ध लगाएको छ।

नेपालीहरूको महानचाड तिहार, छठ जस्ता चाडपर्वहरूमा प्लास्टिकजन्य फूलमाला तथा पटाकाजन्य विस्फोटक पदार्थहरूको उत्पादन, आयात, बिक्रीवितरण र भण्डारण नगर्न नगराउन गाउँपालिकाले भनेको हो।

धनगढी उपमहानगरपालिका र गोदावरी नगरपालिकाले यो भन्दा अगाडी नै प्रतिबन्ध लगाएका थिए।

Loading...