कञ्चनपुरको एक सामुदायिक वनमा महिलाको शव फेला

अत्तरिया : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा शङ्कास्पद अवस्थामा महिलाको शव फेला परेको छ।

शुक्लाफाँटा नगरपालिका–७ शान्तिपुर स्थित वातावरण मध्यवर्ती सामुदायिक वनमा आज शव फेला परेको हो।

अन्दाजी ६०÷६५ वर्षीया नन्दादेवी जोशीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

घट्ना संकास्पद रहेको र यस विषयमा थप अनुसन्धान गरिरहेको कञ्चनपुर प्रहरीले जनाएको छ।

Deep Jyoti Pustak psl
Loading...