डोटीमा २७ वर्षीया शिक्षक मृत फेला

धनगढी : डोटीमा एक शिक्षक मृत फेला परेकी छिन् । पुर्वीचौकी गाउँपालिका– १ की २७ वर्षीया जानकी खड्का घर नजिकै मृत फेला परेकी हुन् ।

उनी घर नजिकै झुण्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामचन्द्र जोशीले बताए । मृतक शिक्षक खड्का बाजुरको बुढीगंगा नगरपालिका– ५ मा रहेको भानोदय माविमा कार्यरत थिइन् ।

प्रहरीले शिक्षक मृत्यु प्रकरणमा अनुसन्धानका लागि शिक्षा समन्वय इकाई डोटीमा कार्यरत शिक्षा अधिकृत गणेश रावललाई पक्राउ गरेको छ ।

रावलमाथि आत्महत्या दुरुत्सानमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Loading...