डोटीमा भालुको आक्रमणबाट २८ वर्षीया कमला घाइते

अत्तरिया : डोटीमा भालुको आक्रमणबाट एक जना महिला घाइते भएकी छन्।

जिल्लाको आदर्श गाउँपालिका–३ घट्टेखोलाकी २८ वर्षीया कमला आउजी भालुको आक्रमणबाट घाइते भएकी हुन्।

जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रवक्ता, प्रहरी नायव उपरीक्षक निशान्त श्रीवास्तवका अनुसार घाँस काट्न जङ्गलमा गएका बेला मङ्गलवार बेलुका ५ बजेतिर आउजीलाई भालुले आक्रमण गरेको हो।

आक्रमणबाट घाइते भएकी आउँजीको अवस्था मध्यम रहेको प्रहरीले बताएको छ

उनलाई उपचारको लागि दिपायल स्थित शैलेश्वरी अस्पतालमा ल्याइएकोमा थप उपचारको लागि सेती प्रादेशिक अस्पताल धनगढी रिफर गरिएको अस्पतालले जनाएको छ।

Loading...