श्याम बोहरा,जोगबुढा : डडेल्धुराको परशुराम नगरपालीका वडा नम्बर ८ स्थीत जमरानी आधारभुत स्वास्थ्य एकाइ केन्द्र मा कार्यरत २६ बर्षिया अस्मिता धामी २०७८ असार २ गते आधारभूत स्वास्थ्य ईकाइ केन्द्र जमरानीबाट कोरोनाको बचत खोप र स्वास्थ्य सामग्री लिएर जोगबुडा अस्पताल पुर्याउन भनेर हिँडीन ।
तर उनी जोगबुडा अस्पताल पुगीनन् । २०७८ असार ५ गते कार्यालयबाट करिब १ घण्टाको दुरीमा रहेको परशुराम नगरपालिका–९ को हट्वानी सामुदायिक वनमा बिभत्स रुपमा हत्या गरि जंगलमा फालीएको अबस्थामा उनको शव फेला पर्यो ।
शरीरमा निलडाम देखिएको, शव फेला परेको स्थानसम्म घिसारेको जस्तो र उक्त स्थानमा मदिराको खालि बोत्तल फेला परेकाले हत्या गरीएको भन्ने आशंका गरीयो । पोस्टमार्टम रिपोर्टमा पनी उनको हत्या भएको देखीयो ।
तर पनि प्रहरीले कुनै प्रमाण र सुराक नभेट्दा घटना रहस्यमयी भएको बतायो । उनको मोबाइल पनी प्रहरीले शव भेटेको तीन दिनपछि मात्र फेला पार्याे । शव भेटिएको स्थानबाट करिब १०० मिटर तल प्रहरीले मोबाइल फेला पारेको थियो । मोबाइल फुटाउन खोजेको अवस्थमा प्रहरीले भेटाएको थियो ।
उनको मोबाइलको पछाडि एक हजार रुपैयाँ थियो । त्यो पैसा पनी भेटीएन । उनको खल्तीमा रहेको पैसा र कागज पनि गायब रहेको परशुराम नगरपालिका–८ का पुर्ववडाध्यक्ष गोविन्द बोहराले बताए ।
हत्या नै भएको हो भन्ने प्रमाणीत भएपछी न्यायका लागी बिभीन्न र्यालीहरु भए, घटना भएको दुई महिना पछी प्रहरीले अपराधी पत्ता लगाउन नसकेको भन्दै स्थानीय आन्दोलित पनी भए ।
घटनाबारे ढाकछोप गरेको भन्दै आन्दोलित स्थानीयले इलाका प्रशासन कार्यालय जोगबुढामा तालाबन्दी गरे । अस्मिताको न्यायका लागि गठन भएको संघर्ष समिति ले पनी धेरै पहल चाल्यो ।
तर त्यो आवाज अहिले २ बर्ष भन्दा बढि बितीसक्दा पनि स्थानीय सरकारले सुनेको छैन । अहिलेसम्म हत्यारा पत्ता लाग्न सकेको छैन । स्थानीय सरकार सरकार र जिल्ला प्रशासन कार्यालय मौन देखीएको छ । हत्यारा कहिले पत्ता लाग्छ के हि अत्तोपत्तो छैन ।
२ बर्ष बितीसक्दा पनि स्थानीय सरकारले चासो नदेखाएको र घटनालाइ ढाकछेप गर्न खोजेको स्थानीयले आरोप लगाएका छन । स्थानीय सरकार मात्रै हैन यो घटनामा प्रदेश सरकारले पनी चासो नदेखाएको र यो घटनालाइ एउटा चुनावी एजेण्डा मात्रै बनाएको एक स्थानीयले बताएका छन ।