नेपाली कम्युनिस्ट पार्टीले डडेल्धुरामा एकता सन्देश सभा गर्ने

धनगढी : नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै डडेल्धुरामा ‘बृहत् एकता सन्देश सभा’ आयोजना गर्ने भएको छ।

मंसिर २४ गते सदरमुकामस्थित बसपार्कमा हुने यस सभालाई राजनीतिक वातावरण निर्माण र संगठनभित्र स्पष्ट मार्गचित्र तय गर्न महत्वपूर्ण मानिएको छ।

बृहत् एकता सन्देश अभियान मूल समितिका संयोजक उमेश भट्टका अनुसार सभामा पूर्वउपप्रधानमन्त्री भीम रावलसहित नेता खगराज भट्ट, भानुभक्त जोशी, प्रकाश शाह तथा अन्य केन्द्रीय र प्रदेशस्तरीय नेताहरूको सहभागिता रहनेछ।

Deep Jyoti Pustak psl
Loading...