डडेल्धुराबाट काठमाडौं जाँदै गरेको बस दुर्घटना, २२ घाइते

डडेल्धुरा : डडेल्धुराबाट काठमाडौं जाँदै गरेको बस दुर्घटना हुँदा २२ जना घाइते भएका छन्।

डडेल्धुराबाट काठमाडौं जाँदै गरेको गरेको ना ८ ख ७४५५ नम्बरको बस बिहीवार बिहान दाङको लमही नगरपालिका–१ कौडियापुलस्थित पूर्व–पश्चिम राजमार्गमा दुर्घटना भएको हो। दुर्घटनामा २२ जना घाइते भएको प्रहरीले जनाएको छ।

घाइतेलाई वडा प्रहरी कार्यालय लमहीबाट खटिएको प्रहरी टोलीले उद्धार गरी लमही अस्पताल पठाएको जनाएको छ। बसमा ३८ जना सवार थिए। पट्टा भाँचिएर बस दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान छ ।

Deep Jyoti Pustak psl
Loading...