दार्चुलामा काँग्रेसबाट दिलेन्द्रप्रसाद बडू एकल सिफारिस

दार्चुला : आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली काँग्रेस दार्चुलाले दिलेन्द्रप्रसाद बडूको नाम उम्मेदवारका रूपमा सिफारिस गरेको छ।

काँग्रेस जिल्ला कार्यसमितिको बैठकले प्रतिनिधिसभा प्रत्यक्षतर्फ बडूलाई एकल रूपमा सिफारिस गर्ने निर्णय गरेको हो। काँग्रेस दार्चुला जिल्ला सभापति ललितसिंह बोहराका अनुसार समानुपातिकतर्फ करविरसिंह कार्कीको नाम सिफारिस गरिएको छ भने महिलातर्फ आनन्दी पन्त भट्टलाई अघि सारिएको छ।

राष्ट्रिय सभा सदस्यका लागि पुरुषतर्फ महादेव बडू, गणेशराज भट्ट र चन्द्रसिंह सामन्त तथा महिलातर्फ द्रोपती डाँगा, विसन्ता सिनाल, शान्ति कार्की र देउमा लोथ्यालको नाम सिफारिस गरिएको छ। विसं २०७९ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा दिलेन्द्रप्रसाद बडू दार्चुलाबाट प्रत्यक्ष निर्वाचित हुनुभएको थियो।

उक्त निर्वाचनमा उहाँले नेकपा (एमाले) का गणेश सिंह ठगुन्नालाई पराजित गर्नुभएको थियो।

Deep Jyoti Pustak psl
Loading...