कञ्चनपुर : कञ्चनपुरकी एक महिला दुई किलो चरेशसहित पक्राउ परेकी छिन्।
जिल्लाको कृष्णपुर नगरपालिका–४ त्रिविणी चोक बस्ने ३५ वर्षकी लक्ष्मी देवी दौल्यालले घरमा नै संचालन गरेको खुद्रा पसलमा चेकजाँच गर्दा उनको पसलमा लुकाई छिपाईराखेको अवस्थामा २ किलो ३ सय ग्राम लागूऔषध (चरेश)फेला पारी उक्त पदार्थसहित दौल्याललाई पक्राउ गरेको प्रहरीले जनाएको छ।
दौत्याललाई लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगर र इलाका प्रहरी कार्यालय गुलरियाबाट खटिएको संयूक्त प्रहरी टोलीले सोमवार नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जनाएको छ।
