डोटीः डोटीमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ ।
डोटीको जोरायल गाउँपालिका-६ गापर बस्ने २८ वर्षीय खेम साउँद करेन्ट लागेर मंगलवार मृत्यु भएको हो ।
आफ्नै कोठामा बिजुलीको तार सर्ट भई छातीमा करेन्ट लागेर गम्भिर घाईते भएका साउँदको उपचारको क्रममा सेती प्रादेशिक अस्पताल धनगढीमा मृत्यु भएको प्रहरीले जनाएको छ ।