अत्तरिया : कैलालीको गोदावरी नगरपालिका भित्रका मोबाईल व्यवसायीहरुको छाता संगठन गोदावरी मोबाईल व्यवसायी संघको नयाँ कार्यसमिति चयन भएको छ । शनिबार सम्पन्न संघको पहिलो अधिवेशनले संघका संस्थापक अध्यक्ष गंगा प्रसाद निरौलालाई पुनः अध्यक्षमा चयन गरी नयाँ कार्यसमिति चयन गरेको हो ।
अधिवेशनबाट निरौलाको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ । जसको वरिष्ठ उपाध्यक्षमा रमेश कडेँल, उपाध्यक्षमा प्रकाश कुँवर, महासचिवमा सोमप्रसाद सापकोटा, सचिवमा भक्त बहादुर बोहरा र कोषाध्यक्षमा प्रताप बम चयन भएका छन ।
यसैगरी सदस्यहरुमा ललीत सार्की, लाल बहादुर चौधरी, चन्द्र प्रसाद जोशी, देव सिँ बि.क, भुपेन्द्र कुँवर, दिपक मल्ल र डिल्लीराज कडेँल रहेका छन । यस्तै सल्लाहकार समितिमा गणेश बहादुर बोगटी र प्रेम बम चयन भएका छन ।
यसअघि शनिबार एक औपचारीक कार्यक्रमका बिच संघका संस्थापक अध्यक्ष गंगा निरौलाको सभापतित्वमा आयोजित कार्यक्रममा प्रमुख अतिथि गोदावरी नगरपालिकाकी उपप्रमुख शारदा देवी रोकाया रहेकी थिईन ।

२०८२ वैशाखमा दर्ता गरिएको उक्त संघले ६ महिनामै प्रथम वार्षिक साधारण सभा गर्नुपर्ने भएपनि प्राविधिक कारणले गर्दा केही ढिला हुन गएको संस्थाका कोषाध्यक्ष हंशराज तिवारीले जानकारी दिए । उनले असोजमा गर्ने भनिएको साधारण सभा जेन जी आन्दोलनका कारण केही ढिला गर्नुपरेको बताए ।
संघमा गोदावरी नगरक्षेत्रभित्र रहेका करिब ६० जना मोबाइल व्यवसायीहरु आबद्ध रहेको बताउदै उनले केही व्यवसायीहरु अझै आवद्ध भैरहेको बताए ।
कार्यक्रममा संघको वार्षिक प्रतिवेदन सचिव सोम प्रसाद सापकोटाले प्रस्तुत गरेका थिए । उनले संघले मोबाईल व्यवसायीहरुको हकहितमा काम गर्ने मात्रै नभई अपाङ्गता भएका बालबालिकाहरु अध्ययनरत सुप समावेशी आधारभुत विद्यालयमा गएर खाद्यान्न वितरण, गर्मी समयमा चिसो सर्वत पानी वितरण, व्यवसायी कानुन सम्बन्धी जानकारी मुलक कार्यक्रम, अत्तरियामा जारी सृजनशील गोदावरी सांस्कृतिक महोत्सव सञ्चालनमा सहयोग लगायतका सामाजिक क्रियाकलापहरु गरेको बताए ।
संघका सदस्य चन्द्र सिंह धामीले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको सञ्चालन संघका महासचिव रमेश कडेँलले गरेका थिए ।