कैलालीमा श्रीमद भागवत सप्ताह महायज्ञ हुने, आचार्य पण्डित श्री राघव उपाध्यायबाट कथाको वाचन

अत्तरिया : कैलालीको धनगढी मा श्रीमद भागवत सप्ताह महायज्ञ हुने भएको छ । ज्ञान धन–धान्याञ्चल महायज्ञ मंसिर ७ गतेबाट आयोजना हुने भएको हो ।

नेपाल मानव धर्म सेवा समिति शाखा धनगढीको आयोजनामा महायज्ञको आयोजना हुन थालेको हो ।

नेपाल मानव धर्म सेवा समिति शाखा आश्रम भवन निर्माणार्थ मंसिर ७ देखि १५ गतेसम्म नेपाल मानव धर्म सेवा समिति सेती क्षेत्र शाखा आश्रम धनगढी आश्रम प्राङ्गणमा कार्यक्रमको आयोजना गरिने धनगढी समितिका अध्यक्ष हेमराज अधिकारीले बताए ।

आचार्य पण्डित श्री राघव उपाध्यायबाट कथाको वाचन हुने पनी अधिकारीले बताए।

Loading...