दार्चुलाका ५५ वर्षका जादु ४ दिन देखि सम्पर्क बिहिन

अत्तरिया :  दार्चुलामा एक जना पुरुष बेपत्ता भएका छन्।

जिल्लाको महाकाली नगरपालिका–४ बिधानगर टोलका अन्दाजी ५५ वर्षका जादु भनेर चिनिने प्रेमदत्त जोशी ४ दिन देखि सम्पर्क बिहिन भएका छन्।

मानसिक सन्तुलन बिग्रेका जोशी यहि कार्तिक २२ गते भतिजा सँग उपचारका लागि महेन्द्रनगर आएका थिए।

२२ गते बिहान महेन्द्रनगर पुगेका जोशी २३ गतेबाट अहिले सम्म सम्पर्कमा नआएको उनका भतिजा प्रेमदत्त जोशीले बताए।

Deep Jyoti Pustak psl
Loading...