बैतडीको खोड्पे शिवालयमा २२ फिट अग्लो शिव मूर्ति स्थापना

बैतडी : बैतडीको पाटन नगरपालिका–८ स्थित खोड्पे शिवालयमा २२ फिट अग्लो भगवान शिवको मूर्ति निर्माण गरिएको छ।

कुल ६ लाख रुपैयाँ लागतमा निर्माण गरिएको उक्त मूर्तिमा वडा कार्यालयले ३ लाख ४० हजार रुपैयाँ लगानी गरेको छ। वडा नं. ८ का अध्यक्ष हरिश बिष्टका अनुसार बाँकी रकम श्रद्धालुहरूबाट चन्दा संकलन गरी व्यवस्थापन गरिनेछ।

स्थानीयवासीहरूको अगाध आस्था केन्द्र रहेको यस शिवालयमा प्रत्येक वर्ष महाशिवरात्रिको अवसरमा ठूलो मेला लाग्ने गर्दछ। महाशिवरात्रि मेलालाई मर्यादित र व्यवस्थित बनाउन मेलास्थललाई मदिरा निषेधित क्षेत्र घोषणा गरिएको छ।

मेलामा कसैले मदिरा बिक्री वा सेवन गरेको पाइएमा तीन हजार रुपैयाँ जरिवाना गरिने व्यवस्था गरिएको वडा अध्यक्ष बिष्टले जानकारी दिए।

Deep Jyoti Pustak psl
Loading...