डडेल्धुरामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

डडेल्धुरा : डडेल्धुरामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

अजयमेरु गाउँपालिका-२ बसना स्थित चमडा-डडेल्धुरा पक्की सडक खण्डमा चमडाबाट डडेल्धुरा तर्फ आउँदै गरेको ट्याक्टर दुर्घटना हुँदा कञ्चनपुरको कृष्णपुर नगरपालिका-२ बाणीका २० वर्षीय सन्दिप चौधरीको मृत्यु भएको हो ।

सुपप्र०१-००२ त ७४२८ नम्बरको ट्याक्टर अनियन्त्रित भएर दुर्घटना हुँदा ३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

घाइते हुनेमा कृष्णपुर-२ बाणीका २० वर्षीय जोन चौधरी, २० वर्षीय पुरन चौधरी र २३ वर्षीय उमेश राना रहेका छन ।

Loading...