बहुमुखी कला मन्दिरको १६औं वार्षिकोत्सव आजबाट शुरु

अत्तरिया : बहुमुखी कला मन्दिर ‘युवा क्लब’ को १६औं वार्षिकोत्सव शुरु भएको छ। कैलालीको गोदावरी नगरपालिका-३ मा रहेको उक्त क्लबको १६औं वार्षिकोत्सव आजबाट शुरु भएको हो ।

आज एक औपचारिक कार्यक्रमका बिच उद्घाटन गरिएको वार्षिकोत्सव कार्तिक २८ गते सम्म जारी रहने गरी बिभिन्न खेलकुद प्रतियोगिताहरु रहेका छन् । उद्घाटन समारोहमा फुटबल प्रतियोगिताको शुरुवात भएको छ ।

आज भएको यू-१६ फुटबल प्रतियोगिताको लिग चरणको पहिलो खेलमा न्यू प्रगती युवा क्लबले ओजरिया युवा क्लबका बिरुद्ध २-१ गोलले विजय हासिल गरेको छ । यस्तै दोस्रो खेलमा संघर्ष फुटबल एकेडेमीले बहुमुखी कला मन्दिर ‘युवा क्लब’ का विरुद्ध ३-० र तेस्रो खेलमा द होली चर्चका विरुद्ध १-० ले विजय हासिल गरेको छ ।

उद्घाटन कार्यक्रममा गोदावरी नगरपालिका वडा नं. ३ का वडाअध्यक्ष तेज राज अवस्थि, वडा सदस्य बम बहादुर चौधरी, खेलाडी लगायत स्थानियहरुको सहभागितामा रहेको थियो ।

क्लबले प्रत्येक वर्ष तिहारको अवसरमा बिभिन्न खेलकुद कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ ।

यस पटक पनि तीन दिन यु-१६ फुटबल प्रतियोगिता, सुपर सिक्स क्रिकेट प्रतियोगिता, एकल महिला\पुरुष ब्याडमिन्टन प्रतियोगिता, महिला\पुरुष सडक दौड प्रतियोगिता, स्लो बाईक रेस प्रतियोगिता रहेको क्लबका अध्यक्ष राम बहादुर बोगटीले बताए । उनले साँस्कृतिक कार्यक्रमसंगै २८ गते समापन गर्ने बताएका छन्।

Loading...