कैलालीको टीकापुरमा लागूऔषधसहित एक युवक पक्राउ

धनगढी : कैलालीको टीकापुरमा एक युवक लागूऔषधसहित पक्राउ परेका छन्।

Dhangadhi_Tihar 2083

टीकापुर नगरपालिका–६ भरतापुरबाट ९९० मिलिग्राम लागूऔषध खैरो हेरोईनसहित सोही ठाउँ बस्ने २६ वर्षीय बादल चौधरी पक्राउ परेका हुन्।

चौधरीलाई शुक्रबार इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जनाएको छ।

Loading...