धनगढीमा लागूऔषधसहित २ जना पक्राउ

धनगढी : कैलालीको धनगढीका २ जना युवक लागूऔषधसहित पक्राउ परेका छन्।

पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–८ तौलाहा ताल नजिकबाट ८० मिलिग्राम लागूऔषध खैरो हेरोईनसहित सोही ठाउँ बस्ने २७ वर्षीय रोहित राना र २२ वर्षीय अब्रिन चौधरी रहेका छन्।

मंगलबार दिउँसो जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले दुवै जनालाई लागूऔषधसहित पक्राउ गरेको जनाएको छ।

Loading...