डडेल्धुरामा गाई गोठमा आगलागी

डडेल्धुरा : डडेल्धुरामा गाई गोठमा आगलागी भएको छ।

डडेल्धुराको परशुराम नगरपालिका–४ रज्यौडा बस्ने केदार प्रशाद पाण्डेयको गाई गोठमा बाहिर बालेको आगोबाट आगलागी भएको हो।

आगलागी हुँदा गोठभित्र रहेका ड्रम, काठ, भुषा, पराल लगायतका सामान गरी अन्दाजी १ लाख ५० हजार बराबरको धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।

उक्त आगलागी स्थानिय र प्रहरीको सहयोगमा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

Loading...