बैतडीमा ट्रक दुर्घटना हुँदा चालकसहित चार जना घाइते

बैतडी : बैतडीमा ट्रक दुर्घटना हुँदा चालकसहित चार जना घाइते भएका छन्।

जयपृथ्वी राजमार्गअन्तर्गत झ्याउलेक मोडमा नेपालगञ्जबाट बझाङतर्फ जाँदै गरेको सुपप्र ०१००१ ख २८०९ नम्बरको ट्रक शुक्रबार राति दुर्घटनामा परेको हो।

दुर्घटनामा घाइते भएका चारै जनाको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

Loading...