अत्तरिया खानेपानीमा अध्यक्षका लागि पाँच जनाको उम्मेदवारी दर्ता

कसको टिमबाट कुन पदमा को-को ?

अत्तरिया : कैलालीको अत्तरिया साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको चुनावी सरगर्मी बढेको छ । गोदावरी २ मा रहेको उक्त संस्थाको १७औँ साधारण सभा अन्तर्गत आज साँझ ४ बजे सम्म उम्मेदवारी मनोनयको समय तोकिएको समयमा अध्यक्षका लागि ५ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

जस अन्तरगत राजेन्द्र खड्का, हर्क बहादुर शाह, गणेश शाह र राज बहादुर खड्काले टिमसहित उम्मेदवारी दर्ता गराएका छन् भने नन्दराज भट्टले एकल उम्मेदवारी दर्ता गराएको निर्वाचन सचिवालयले जनाएको छ । यहि २६ गते हुन गइरहेको निर्वाचनका लागि उम्मेदवारी दर्ता प्रक्रिया सकिएको छ ।

राजेन्द्र खड्काको टिमबाट उपाध्यक्षमा उपाध्यक्षमा लक्ष्मण ब.कठायत, महासचिवमा धर्म सिंह कुँवर, कोषाध्यक्षमा भोज बहादुर साउँद र सचिवमा छबिन्द्र नाथ योगी रहेका छन् । यस्तै सदस्यहरुमा रमेश कडायत, बीर बहादुर बिश्वकर्मा, चन्द्रा कुमारी कठायत, जमुना देबी साउँद, खिमा देबी ओझा र राधा बिष्ट कुँवर रहेका छन् ।

यस्तै हर्क बहादुर शाहको टिमबाट उपाध्यक्षमा प्रेम सिं कडायत, महासचिवमा धनराज बिष्ट जोशी, कोषाध्यक्षमा नर बहादुर बलायर र सचिवमा मदन शर्मा (जोशी) रहेका छन् । यस्तै सदस्यहरुमा धर्मराज भट्ट, लक्ष्मी बोहरा, सितादेबी सोप, मनिषा राना, शकुन्तला कु.पाण्डेय र सुरज जोशी रहेका छन् ।

राज बहादुर खड्काको टिमबाट उपाध्यक्षमा चन्द्र सिंह धामी, कोषध्यक्षमा सुरेन्द्र बहादुर साउँद रहेका छन् भने सदस्यमा नन्दा देवी कामी रहेका छन् ।

यस्तै गणेश शाहको टिमबाट उपाध्यक्षमा पुष्पराज चटौत (पिआर), महासचिवमा तिर्थराज ओझा, कोषाध्यक्षमा बाबुराम बलमपाकी र सचिवमा टेक बहादुर मल्ल रहेका छन् । यस्तै सदस्यहरुमा जमुना देवी चौधरी, हेमा कु. चन्द, हेमा नौन्याल, धना खत्री, चक्र बहादुर देउवा र तेज राज भट्ट रहेका छन् ।

त्यस्तै महासचिवमा गोरख बहादुर कडायत र सदस्यहरुमा राम दत्त भट्ट, सकुन्तला सोव र उर्मिला बोगटीले छुट्टाछुट्टै उम्मेदवारी दर्ता गरेका छन् ।

संस्थामा प्रत्यक्ष निर्वाचित ११ सदस्य रहने व्यवस्था रहेको छ । संस्थाका ५ हजार ७ सय ४२ उपभोक्ता मतदाता रहेका छन् ।

अध्यक्ष पदमा उम्मेदवारले ७ हजार ५ सय रुपैयाँ तोकिएको थियोे भने पदाधिकारी पदका लागी ५ हजार ५ सय र सदस्य पदका उम्मेदवारका लागी ३ हजार ५ सय फिर्ता नहुने गरी तोकिएको थियो ।

Loading...