अत्तरिया : कैलालीको इलाका प्रहरी कार्यालय (ईप्रका) मालाखेतीले २० ग्राम २४० मिलिग्राम खैरो हिरोइनसहित पाँच जनालाई पक्राउ गरेको छ ।
गोदावरी नगरपालिका-२ स्थित बसपार्क क्षेत्रबाट उनीहरूलाई पक्राउ गरिएको ईप्रका मालाखेतीका प्रमुख डीएसपी हिरा सिंह महराले जानकारी दिएका छन् ।
ईप्रका मालाखेतीको नेतृत्व सम्हालेसँगै डीएसपी महराले लागूऔषध कारोबार नियन्त्रण तथा अवैध गतिविधिमाथि निगरानी कडा बनाउने बताएका छन् । सोही अभियानअन्तर्गत प्रहरीले लागूऔषधसहित पाँच जनालाई नियन्त्रणमा लिन सफल भएको हो ।
पछिल्लो समय ईप्रका मालाखेतीले लागूऔषध नियन्त्रण, अवैध सामान ओसारपसार तथा अन्य गैरकानुनी गतिविधिविरुद्ध कारबाहीलाई तीव्रता दिँदै आएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।