बझाङ : बझाङको सुर्मा गाउँपालिका–२ घोगाडामा चट्याङ लाग्दा दुई जना कृषकका ९० वटा भेडाबाख्रा मरेका छन् भने १८ वटा घाइते भएका छन् स्थानीय कृषक हरि बोहराका ४६ वटा भेडाबाख्रा मरेका छन्, १२ वटा घाइते भएका छन् भने ८ वटा सुरक्षित रहेका छन्।
त्यसैगरी सोही स्थानका हरिचन्द्र बोहराका ४४ वटा भेडाबाख्रा मरेका छन्, ६ वटा घाइते भएका छन् भने १३ वटा बाँकी रहेका छन्। भेडाबाख्रा पालन नै परिवारको मुख्य आम्दानीको स्रोत रहेकाले चट्याङको घटनाबाट दुवै कृषकलाई ठूलो आर्थिक क्षति पुगेको छ।
प्रभावित कृषकहरूले क्षतिको यथार्थ मूल्याङ्कन गरी राहत तथा उचित क्षतिपूर्तिको व्यवस्था गरिदिन सम्बन्धित निकायसँग माग गरेका छन्। घटनापछि स्थानीय जनप्रतिनिधि तथा सम्बन्धित निकायका प्रतिनिधिहरू घटनास्थल पुगेर क्षतिको विवरण संकलन तथा आवश्यक प्रक्रिया अघि बढाइरहेको जनाइएको छ।
