गोदावरीमा ओपन स्काउट क्र्यू गठन, अध्यक्षमा बन्सीराम चौधरी चयन

अत्तरिया : कैलालीको गोदावरी नगरपालिकामा आज (बुधबार) आयोजित एक कार्यक्रममार्फत गोदावरी ओपन स्काउट क्र्यू औपचारिक रूपमा गठन गरिएको छ । सेवा, नेतृत्व, अनुशासन तथा स्वयंसेवाको भावनालाई सुदृढ गर्दै स्काउट अभियानलाई थप प्रभावकारी बनाउने उद्देश्यका साथ क्र्यू गठन गरिएको आयोजकले जनाएको छ ।

उक्त कार्यसमितिको अध्यक्षमा बन्सीराम चौधरी चयन भएका छन्। त्यसैगरी सदस्यमा जय धामी, पुष्पा रोकाया र सुस्मिता सेन चयन भएका छन् भने जहरसिंह थापा सदस्य सचिवमा चयन भएका छन् ।

ललन प्रसाद चौबेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गोदावरी नगरपालिकाका प्रमुख प्रसासकीय अधिकृत धर्मराज बिनाडी प्रमुख अतिथि रहेका थिए भने शिक्षा शाखा प्रमुख प्रयागराज जोशी बिशिष्ट अतिथि रहेका थिए ।

कार्यक्रममा सहभागीहरूले स्काउट अभियानलाई समुदायसँग अझ प्रभावकारी रूपमा जोड्दै युवा पुस्तामा नेतृत्व विकास, सामाजिक उत्तरदायित्व र स्वयंसेवाको भावना अभिवृद्धि गर्न ओपन स्काउट क्र्यूले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका थिए ।

Deep Jyoti Pustak psl
Loading...