कञ्चनपुरमा ८ जुवाडे पक्राउ

कञ्चनपुर : कञ्चनपुरमा नगदसहित ८ जना जुवाडे पक्राउ परेका छन्।

जिल्लाको भीमदत्त नगरपालिका–३ भाँसी स्थित घरमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका–१८ बस्ने ४० वर्षीय सुरेश चन्दसहित ८ जना पक्राउ परेका हुन्।

उनी हरुलाई शनिबार दिउँसो जुवातास खेलिरहेका छन् भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले नगद १ लाख ६१ हजार नौ सय चालिस र ४ गड्डी ताससहित पक्राउ गरेको छ। यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ।

Deep Jyoti Pustak psl
Loading...