धनगढी : बहु–बिबाह र बाल–बिबाह मुद्दामा फरार कैलालीको टीकापुरका एक जना पक्राउ परेका छन्।
जिल्ला अदालत कैलालीको मिति २०८१ असार ३० गतेको फैसलाले बहु–बिबाह र बाल–बिबाह मुद्दामा १ वर्ष कैद सजाय र १३ हजार जरिवाना जरिवाना तोकिएको टीकापुर नगरपालिका–१ बस्ने ४७ वर्षीय तिला चन्द्र शर्मा पक्राउ परेका हुन्।
शर्मालाई इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले बुधबार दिउँसो निजकै घर ठेगानाबाट पक्राउ गरेको जनाएको छ।
