अमेरिकामा अध्ययनरत कैलालीको गोदावरीका सुशान्त पन्त सम्पर्कविहीन

धनगढी : अध्ययनका सिलसिलामा संयुक्त राज्य अमेरिका पुगेका नेपाली विद्यार्थी सुशान्त पन्त केही दिनदेखि सम्पर्कविहीन भएका छन् । कैलालीको गोदावरी नगरपालिका-४ घर भएका पन्त अमेरिकाको मिजोरी राज्यस्थित सेन्ट लुइस सहरको वेबस्टर विश्वविद्यालयमा अध्ययनरत थिए । पुख्र्यौली घर डडेल्धुराको अमरगढी भएका २७ वर्षीय पन्त गत साउन १० गते रातिदेखि सम्पर्कविहीन भएपछि परिवारले खोजीका लागि अपिल गरेको छ ।

बेपत्ता सुशान्तका मामा कुन्दन भण्डारीका अनुसार उनी २०८० साल पुस ९ गते अमेरिका पुगेका थिए । अध्ययनसँगै उनी त्यहाँ कामसमेत गर्दै आएका थिए ।काम सकेर फर्किने क्रममा पन्त सम्पर्कविहीन भएको बताइएको छ । गत साउन १० गते राति करिब १०ः४५ बजे ग्यास स्टेसनमा काम सकेर कोठातर्फ फर्किने क्रममा सुशान्त अचानक सम्पर्कविहीन भएका हुन् ।

उनी बस्दै आएको आवास सेन्ट लुइसको नटिङ्घम एभिन्युमा रहेको परिवारले जनाएको छ । राति अबेरसम्म कोठामा नफर्किएपछि परिवार तथा आफन्तले उनको मोबाइललगायत विभिन्न माध्यमबाट सम्पर्क गर्ने प्रयास गरेका थिए । तर कुनै माध्यमबाट सम्पर्क हुन नसकेपछि परिवार चिन्तित बनेको छ ।

सुशान्त सम्पर्कविहीन भएपछि परिवारले स्थानीय प्रहरीमा समेत खोजीका लागि निवेदन दिएको जनाएको छ ।

 

Deep Jyoti Pustak psl
Loading...