घोडाघोडी (कैलाली) : गाउँका अधिकांश युवा वैदेशिक रोजगारीका लागि विदेश गइरहेका बेला कैलालीको घोडाघोडी नगरपालिका–५ का २७ वर्षीय विनोद चौधरी भने गाउँमै बसेर व्यावसायिक माछापालन गरिरहेका छन्। नौ बिघा क्षेत्रफलमा माछापालन गर्दै आएका उनले अहिले वार्षिक करिब २५ लाख रुपैयाँ बचत गर्न थालेका छन्।
