अत्तरिया : कैलालीको अत्तरियामा रक्तदानको आयोजना गरिएको छ । ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय अत्तरियाको आयोजनामा विश्व बन्धुत्व दिवस तथा राजयोगिनी दादी प्रकाशमणिको १९औं पुण्यतिथिको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरिएको हो।
‘रक्तदान गरौँ, जीवन बचाऔँ’ भन्ने मूल भावनाका साथ आयोजित कार्यक्रममा अत्तरिया उद्योग वाणिज्य संघ, गोदावरी चेम्बर अफ कमर्स, सुदुर युवा र सशस्त्र प्रहरी बलको सहयोगमा उक्त कार्यक्रम गरिएको हो ।
गोदावरी नगरपालिकाका नगरप्रमुख विरेन्द्र भट्टको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा बिभिन्न स्थानीय संघसंस्थाका प्रतिनिधि, सशस्त्र प्रहरी बल, युवा क्लब, व्यवसायी लगायतको सहभागिता रहेको थियो ।
रक्तदान गर्ने दातालाई प्रमाणपत्र प्रदान गरिएको थियो । त्यस्तै हालसम्म ११४ पटक रक्तदान गरिसकेका धनगढीका दिपक उपाध्यायलाई विशेष सम्मान गरिएको थियो ।