बझाङमा ४.५ रेक्टरस्केलको भूकम्प By रेडियाे अत्तरिया On २०८० मंसिर ४, सोमबार १३:२१ बझाङ : बझाङमा भूकम्पको धक्का महसुस गरिएको छ । आज दिउँसो ११ बजेर ३७ मिनेटमा ४ दशमलव ५ रेक्टरस्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ । बझाङको धमेना आसपास केन्द्रबिन्दु बनाएर भूकम्प गएको भूकम्प मापन केन्द्रले जानकारी दिएको छ ।