डोटी उद्योग वाणिज्य संघको अध्यक्षमा वीरेन्द्र शाह निर्वाचित

डोटी : डोटी उद्योग वाणिज्य संघको अध्यक्षमा वीरेन्द्र शाह निर्वाचित भएका छन् । आइतबार भएको निर्वाचनमा शाहले २८० मत प्राप्त गर्दै निकटतम प्रतिस्पर्धी दीपकबहादुर खड्कालाई पराजित गरेका हुन् ।

खड्काले २११ मत प्राप्त गरे । अध्यक्षका अन्य उम्मेदवार प्रेम भण्डारीले १९७ र स्वतन्त्र उम्मेदवार इन्द्रबहादुर कुँवर (आईजङ्ग) ले ९२ मत प्राप्त गरे । अध्यक्षमा निर्वाचित शाहको प्यानलबाट ४ जना पदाधिकारीसमेत निर्वाचित भएका छन् ।

शाहको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा दीर्घबहादुर साउँद, उद्योग उपाध्यक्षमा रमेश बोहरा र कोषाध्यक्षमा प्रकाशबहादुर रावल निर्वाचित भएका छन् । यस्तै, वाणिज्य उपाध्यक्षमा प्रेम भण्डारी प्यानलका लालबहादुर कठायत निर्वाचित भएका छन् ।

महासचिवमा रोशन कठायत र सचिवमा दीपक कलेल निर्वाचित भएका छन् । कलेलले २६२ मत प्राप्त गर्दै नन्दनसिंह कार्कीलाई ६ मतले पराजित गरे । सचिवकी अर्की उम्मेदवार पवित्रा कुमारी कुँवरले २३५ मत प्राप्त गरिन् ।

संघको १२ सदस्यीय कार्यसमिति भने मनोनयन दर्ताकै दिन निर्विरोध निर्वाचित भएको थियो । सदस्यमा शाह प्यानलका ७ जना निर्विरोध निर्वाचित भएका छन् ।

Deep Jyoti Pustak psl
Loading...