धनगढी : कैलालीको धनगढीबाट भन्सार छलीका सामानसहित ३ जना महिला पक्राउ परेका छन्।
धनगढी उपमहानगरपालिका–२ फनपार्क नजिकबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरी ल्याएका अन्दाजी मूल्य १ लाख ९७ हजार ३५० बराबरको बिडी, सुर्ति, सुटपिस, डाल्डा, चना, केक पाउडर, खुर्सानी, प्लाष्टिक झिल्ली लगायतका सामानसहित सोही उपमहानगरपालिका–३ बस्ने ३७ वर्षकी लक्ष्मी स्याडा, ३५ वर्षकी धनि देबि सार्की र गोदावारी नगरपालिका–२ बस्ने २७ वर्षकी यसोदा भट्ट पक्राउ परेका हुन्।
तीनै जनालाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र जिल्ला प्रहरी कार्यालय कैलालीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले शनिबार राति फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको जनाएको छ।
