अत्तरिया : कैलालीको गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज बिनाडीको सरुवा भएको छ । उनको बर्दियाको गुलरियास्थित भूमि व्यवस्थापन कार्यालयमा सरुवा भएको हो ।
बुधबार नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत बिनाडीको बिदाइ गरिएको छ । गोदावरीका जनप्रतिनिधि, नगरमा कार्यरत शाखा प्रमुख तथा कर्मचारीहरूले बिनाडीलाई फूलमाला र मायाको चिनोसहित बिदाइ गरेका हुन् । नगर प्रमुख बिरेन्द्र भट्ट, उपप्रमुख शारदा देवी रोकाया, शिक्षा शाखा प्रमुख तथा उपसचिव हरिश पन्तलगायत जनप्रतिनिधि र कर्मचारीहरूले बिनाडीलाई मायाको चिनो प्रदान गर्दै आगामी कार्यकालका लागि शुभकामना दिएका छन् । बिदाइ कार्यक्रममा सहभागी जनप्रतिनिधि तथा कर्मचारीहरूले बिनाडीको कार्यकाललाई सफल र प्रभावकारी भएको स्मरण गर्दै उनले नगरपालिकाको प्रशासनिक सेवा प्रवाह तथा समन्वयमा पु¥याएको योगदानको प्रशंसा गरेका थिए ।
नगर प्रमुख वीरेन्द्र भट्टले बिनाडीले गोदावरी नगरपालिकामा रहँदा प्रशासनिक कामलाई व्यवस्थित बनाउन तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउन पु¥याएको योगदानको प्रशंसा गरे । उनले सरुवा नियमित प्रशासनिक प्रक्रिया भए पनि सहकार्यका क्रममा बनेका आत्मीय सम्बन्ध र सम्झनाहरू सधैँ स्मरणीय रहने बताए। त्यस्तै उपप्रमुख शारदा देवी रोकायाले पनि बिनाडीको कार्यकालमा भएको सहकार्यप्रति धन्यवाद व्यक्त गर्दै नयाँ जिम्मेवारीमा थप सफलता मिलोस् भन्ने शुभकामना दिइन् ।
बिदाइ कार्यक्रममा बिनाडीले आफूलाई कार्यसम्पादनका क्रममा जनप्रतिनिधि, कर्मचारी तथा सहकर्मीबाट प्राप्त सहयोग र सहकार्यप्रति आभार व्यक्त गरे । उनले गोदावरीमा कार्यरत रहँदाको अनुभव र यहाँ बनेका आत्मीय सम्बन्धलाई आगामी दिनमा पनि स्मरण गरिरहने बताएका छन् । उनी २०८१ चैत महिनामा गौरीगंगा नगरपालिकाबाट गोदावरी नगरपालिकामा सरुवा भएर आएका थिए । करिब डेढ वर्ष पछि सरुवा भएका विनाडीलाई आज एक कार्यक्रमका बिच बिदाइ गरिएको हो । गोदावरीको प्रमुख प्रशासकीय अधिकृतमा वाणिज्य तथा आपूर्ति मन्त्रालयमा कार्यरत श्रीधर गौतम आउने भएका छन् ।