अत्तरिया उधोग वाणिज्य संघमा विभीन्न पदमा सल्लाहकारहरु नियुक्त

अत्तरिया : कैलालीको अत्तरियामा रहेको अत्तरिया उधोग वाणिज्य संघले विभीन्न पदमा सल्लाहकारहरु नियुक्त गरेको छ ।

संघको मंगलबार बसेको वैठकले विभीन्न पदमा सल्लाहकारहरु मनोनित गरेको हो । संघले कानुनी सल्लाहकारमा विर बहादुर जेठारालाई र प्रेस सल्लाहकारमा शारदा फुलारालाई नियुत्त गरेको छ ।

संघको वरिष्ठ सल्लाहकारहरुमा विर बहादुर बलायर,प्रकाश बहादुर बम,तुलसी देवकोटा,खेमा देवी विष्ट,विरेन्द्र भट्ट र शारदा देवी रोकाया नियुत्त भएका छन ।

राजु भट्टराईको संयोजकत्वमा ४२ सदस्यीय सल्लाहकार समिति गठन गरिएको हो। उत्त वैठकले तेज कार्की र रमेश बोगटीलाई कार्यसमिति सदस्यमा मनोनित गरेको छ ।

अत्तरिया उधोग वाणिज्य संघमा गत असार २३ गते कल्याण सिंह बोहराको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको थियो ।

Loading...