डोटी : डोटीको मौवा स्थित नमादेव मन्दिरमा भोलि मंसिर ८ गते जाँत हुने भएको छ ।
जिल्लाको आदर्श गाउँपालिका वडा नम्बर २ मौवामा अवस्थित प्रसिद्ध नमादेब मन्दिरमा कार्तिक शुक्ल द्वादशीका दिन हुने जाँत मंसिर द्वादशीका का दिन ८ गते भोलि हुने भएको छ ।
आज (मंसिर ७ गते) शुक्ल एकादशिका दिन रतेडी र ८ गते शुक्ल द्वादशीका दिन दिउँसेडी जाँत हुने बताइएको छ । रतेडीका दिन पुजा आराधना संगै बिभिन्न चर्चित देउडा गायक लाई बोलाएर रातभर देउडा खेलेर रमाइलो गर्ने गरिएको छ भने दोस्रो दिनमा दिउँसेडी जाँत लाग्ने स्थानीय तपराज ओझाले बताएका छन् ।
नमादेब देवताको दर्शन गरे मनोकामना पूरा हुने भन्ने जनविश्वास रहेको छ । सुदूरपश्चिमका पहाडी जिल्ला तिहार लगतै विभिन्न शक्तिपिठमा मेलाको चहलपहल सुरु भएको छ ।
डोटीका पनि विभिन्न प्रशिद्ध धार्मीक स्थल जस्तै यस धार्मीक स्थलमा पनि जाँत (जात्रा) हुँदा मन्दिरको पूजा र दर्शन गर्न तराई जिल्ला कैलाली, कञ्चनपुर लगायत भारतबाट आउने नेपाली भक्तजनको घुँईचो लाग्ने गरेको छ ।
मेलामा आफ्न्तहरुले भेटघाट गर्दै आफ्ना सुखदुःखका कुरा साटासाट हुने गर्दछन् । मेलामा स्थानीय स्तरमा उत्पादित बस्तु र कृषि उपजको व्यापार समेत हुने गरेको छ ।
यस्तै नमादेवको मन्दिरमा जाँत अवधिभरमा तोकिएको चार किल्ला भित्र जाँडरक्सी, जुवातास पूर्णरूपमा निषेधित गरिएको नमादेब देबि सँरक्षण समितिले जनाएको छ ।
समितिका अनुसार उत्तरमा स्याउले, दक्षिणमा बजेडी, पश्चिममा कुचेडा र पूर्वमा नागरीकोट भित्र पूर्णरूपमा निषेधित गरिएको हो भने यस्ता कार्य गरेको वा गराईएको पाईएमा समितिको नियमानुसार कार्वाही गरिने बताईएको छ ।