अत्तरिया : धनगढीमा कार्यालयनै सञ्चालन गरेको ह्याकरका प्रमुखको घरबाट ठुलो रकम बरामद गरिएको छ।
यस ठगी धन्दाका मुख्य नाइके कञ्चनपुरको बेल्डाडी गाउँपालिका–२ को विशाल सुनारको घरमा प्रहरीले छापा हानेकोमा ४६ लाख ९१ हजार ६८० रुपैयाँ बरामद गरिएको प्रहरीले बताएको छ।
कैलालीस्थित धनगढीबाट बैँकका खाता ‘ह्याक’ गर्ने ९ जना गिरोहको समूहलाई प्रहरीले बुधवार पक्राउ गरेको हो। नेपाल राष्ट्र बैँक, धनगढी नजिक कार्यालयनै स्थापना गरेर उनीहरुले बैँकका खाताहरू ह्याक गर्ने गरेका थिए।
बुधबार सुदूरपश्चिम प्रदेश प्रहरी अन्तरगत प्रदेश प्रहरी अनुसन्धान समूह (आरआइटी)का प्रहरी सहायक निरीक्षक अनिल विष्ट र नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगरबाट पहरी नायक निरिक्षक प्रकाश कडायत तथा जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरिक्षक सन्तोष बस्यालको कमाण्डसहितको संयुक्त टोलीले सो गिरोहलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा मुख्य नाइके कञ्चनपुरको बेलडाडी गाउँपालिका–२ बस्ने ३० वर्षीय विशाल सुनार, डोटी सिखर नगरपालिका–१० का २१ वर्षीय प्रसान्त बलायर, भारतको दिल्ली पालङ्गाका ३२ वर्षीय अमित कुमार, भारत उत्तमनगर दिल्ली बस्ने २६ वर्षीय कुनाल शर्मा, भारत करोलबाग दिल्ली बस्ने २४ वर्षीय निखिल कुमार, भारतकै दिल्ली बस्ने १९ वर्षीय प्रियंसु टापु रहेका छन्।
यस्तै कञ्चनपुरको पुर्नवास नगरपालिका–६ का २९ वर्षीय मिनबहादुर सुनार, २८ वर्षीय कमल सुनार र २२ वर्षीय जयराम सुनार रहेका जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कुलदिप चन्दले बताए।
कैलालीको धनगढी उपमहानगरपालिका–५ तारानगरमा शिवदत्त पाण्डेयको घरमा मुख्य नाइके कञ्चनपुरको बेल्डाडी गाउँपालिका–२ को विशाल सुनारले अबैध रुपमा आई.टी सेक्टर सञ्चालन गरिरहेको डीएसपी चन्दले जनाकारी दिए।
उनीहरुको साथबाट विभिन्न कम्पनीका ल्यापटप र मोबाइल समेत बरामद गरिएको छ। लेनोभो कम्पनीको ल्यापटप ९ थान, डेल कम्पनीको ल्यापटप २ थान, विभिन्न कम्पनीका मोबाइल ८ थान, हेडफोन १२ थान, किबोर्ड १ थान र वर्डलिङ्क कम्पनीको वाईफाई र राउटर १ थान बरामद गरिएको डीएसपी चन्दले बताए।
नियन्त्रणमा लिएका सबैलाई जिल्ला प्रहरी कार्यालयमा राखि थप अनुसन्धान भईरहेका चन्दले बताए। उनीहरूले अवैध रूपमा आईटी सेन्टर सञ्चालन गरी विभिन्न बहानामा मोनी लाउण्डरिङ्, बिमा दुर्घट्ना लगायत बिषयमा प्रलोभनमा पारी पोल्याण्ड लगायतका नागरीकलाई अनलाईनमार्त ठगी गर्ने गरेको प्रहरीले जनाएको छ।