शालिक तोडफोड गर्ने दुई जना पक्राउ

कञ्चनपुर : कञ्चनपुरको महेन्द्रनगरस्थित भीम वाटिका (स्थानीय पार्क) मा भीमदत्त पन्तको शालिक तोडफोड गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

पन्तको शालिक तोडफोड गर्ने दुई जनालाई पक्राउ गरिएको कञ्चनपुर प्रहरीले जनाएको छ।

उनीहरूको नाम खुल्न भने बाँकी छ। राप्रपाले राज संस्था पुनःस्थापना अभियान अन्र्तगत प्रदर्शनमा सहभागीले वाटिकामा प्रवेश गरी पन्तको शालिक तोडफोड गरेका थिए।

तोडफोडबाट शालिकको कम्मर मुनिको भागमा क्षति पुगेको छ। सुरक्षाकर्मीले दुई राउण्ड अश्रुग्याँस प्रहार गरी शालिक तोडफोड रोकेका छन्।

Deep Jyoti Pustak psl
Loading...